Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • प्रधानमन्त्रीसँग एकीकृत समाजवादीको माग – आर्थिक समस्या समाधान गर्नू, बाँच्न धौधौ भइसक्यो

    प्रधानमन्त्रीसँग एकीकृत समाजवादीको माग – आर्थिक समस्या समाधान गर्नू, बाँच्न धौधौ भइसक्यो

    अनलाइन नेपाल
  • मंगलबार, १७ माघ २०७९
  • 546
    SHARES

    काठमाडौं । देशको आर्थिक संकट समाधानका लागि नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको छ ।

    मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादीले जिम्मेवार प्रतिपक्षको हिसाबले देशको आर्थिक अवस्था र समाधानका लागि पहल गर्न आग्रह गरेको हो ।



    समाजवादीले आर्थिक संकटका कारण मजदुर किसान, साना तथा मध्यम व्यवसायीलगायत आम सर्वसाधारण मानिसलाई बाँच्न पनि धौधौ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ



    ‘देशको आर्थिक संकट समाधानका लागि आवश्यक व्यवस्था गरोस्,’ अध्यक्ष माधवकुमार नेपालले हस्ताक्षर गरेको ज्ञापन पत्रमा लेखिएको छ । दैनिकजसो आत्महत्याको घटना हुनु पनि त्यसैको कारण भएको एकीकृत समाजवादीको ठहर छ । देशको अर्थतन्त्रमा सुधार ल्याउनका लागि तत्काल अल्पकालीन र दीर्घकालीन उपाय अपनाउन एकीकृत समाजवादीले आग्रह गरेको छ ।

    संविधानमा उल्लिखित आर्थिक नीति कडाइका साथ लागू गर्न, युवा विद्यार्थी, बौद्धिक जनशक्ति पलायन रोक्नका लागि प्रभावकारी कदम चाल्न, कक्षा ८ देखि १२ सम्मको पाठ्यक्रममा अनिवार्य सीपमूलक तालिम र देशभक्तिपूर्ण पाठ राख्ने लगायतका माग बुँदागतरूपमा ज्ञापनपत्रमा छ । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले समाधान गर्न सकिने विषय उठाएको भन्दै त्यसका लागि छलफल गरेर अघि बढ्ने आश्वासन दिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार