Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • बाँकेमा कार दुर्घटना, दुइ जनाको मृत्यु

    बाँकेमा कार दुर्घटना, दुइ जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ९ असार २०७७
  • 2.3K
    SHARES

    फाइल : तस्बिर

    काठमाडौं । बाँकेमा मंगलबार दिउँसो कार दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ।

    पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–१ सिक्टामा पूर्वबाट पश्चिमका लागि छुटेको बा १४ च २७८९ नम्बरको कार अनियन्त्रित भएर रूखमा ठोक्किएको प्रहरीले जनाएको छ ।



    दुर्घटनामा परी चितवनको भरतपुर महानगरपालिका–१२ का कार चालक ४१ वर्षीय कमलराज लम्साल र पूर्वी नवरपरासीको कावासोती नगरपालिका–८ का २२ वर्षीय क्षितिजराज कँवरको मृत्यु भएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार