काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक दुई दिन पछि सारिएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बोलाइएको पदाधिकारी बैठकमा नेताहरूको कार्य विभाजनका विषयमा कुरा नमिलेपछि स्थायी समिति बैठक माघ १८ का लागि बोलाउने निर्णय भएको स्रोतले जानकारी दियो ।
पार्टीको संगठनसम्बन्धी गृहकार्य नसकिएकाले भोलि (मंगलबार) पनि पदाधिकारी बैठक बस्ने र आवश्यक निर्णय गरी स्थायी समिति बैठक पर्सिका लागि सार्ने निर्णय गरिएको हो ।
पदाधिकारी बैठकले सो विषयमा टुंगो लगाउन नसक्ने भएपछि भोलि बोलाइएको स्थायी समिति बैठक पर्सि (बुधबार) सम्मका लागि स्थगित गरिएको हो ।
Leave a Reply