काठमाडौं । प्रहरीका सबइन्स्पेक्टरको गोली प्रहारबाट गम्भीर घाइते भएका ओडिसाका स्वास्थ्यमन्त्री नवकिशोर दासको मृत्यु भएको छ ।
चार राउण्ड गोली लागेका दासको उपचारका क्रममा मृत्यु भएको हो ।
सार्वजनिक कार्यक्रममा भाग लिन झारसुगुडा जिल्ला पुगेका मन्त्री दासलाई गाडीबाट ओर्लिने क्रममा सबइन्स्पेक्टर गोपाल दासले छातीमा गोली हानेका थिए।
गोली प्रहार गर्ने प्रहरीलाई पक्राउ गरिएको छ । घटना अनुसन्धानकै क्रममा रहेकाले गोली प्रहार गर्नुको कारण भने खुलेको छैन।
Leave a Reply