Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • बाबुले पेट्रोल छर्किएर आगो लगाउँदा छोराको मृत्यु, आमाको अवस्था पनि गम्भिर

    बाबुले पेट्रोल छर्किएर आगो लगाउँदा छोराको मृत्यु, आमाको अवस्था पनि गम्भिर

    अनलाइन नेपाल
  • सोमबार, १६ माघ २०७९
  • 756
    SHARES

    फाइल तस्विर

    बाँके । बाँकेमा आगोबाट गम्भीर घाइते भएका मध्ये बालकको मृत्यु भएको छ । जिल्लाको कोहलपुर नगरपालिका वडा नम्बर २ का बालक प्रिन्स विकको उपचारका क्रममा मृत्यु भएको हो ।

    आइतबार प्रिन्स र उनकी आमा ३० वर्षीया गंगा विकलाई ३० वर्षीय बाबु भानुभक्त विकले आगो लगाएका थिए । आगोबाट गम्भीर घाइते भएका आमा-छोरालाई उपचारका लागि अस्पताल लगिएको थियो।



    इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐनबहादुर मल्लले उपचारका क्रममा बालक प्रिन्सको आइतबार राति करिब १ बजेतिर मृत्यु भएको बताए । गम्भीर घाइते गंगाको भने भेरी अस्पतालमा उपचार भइरहेको छ। उनको घाँटी र ढाडमा आगोले पोलेको छ।



    आइतबार साँझ करिब साढे ६ बजेतिर भानुभक्तले श्रीमती र छोरामाथि पेट्रोल छर्केर आगो लगाएर भागेका थिए । घटनापछि फरार रहेका भानुभक्तलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार