काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना वर्गीकरण समितिले गरेको सूचनाको वर्गीकरणमाथि छलफल गर्ने बताएका छन् ।
कतिपय नीतिगत विषयलाई पनि गोप्य सूचनामा वर्गीकरण गरेको भन्दै विरोध सुरु भएपछि प्रधानमन्त्री दाहालले चासो देखाएका हुन् । आजै मात्र नेपाली कांग्रेसका नेता शेखर कोइरालाले यस विषयमा प्रश्न उठाएका थिए ।
मुख्य सचिव शंकरदाश बैरागीको नेतृत्वमा रहेको समितिले सूचना वर्गीकरण गर्दा लुकाएको आरोप लाग्दै आएको छ ।
यस विषयमा प्रधानमन्त्री प्रचण्डले सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । ‘भोलि सोमबार सरोकारवाला पक्षहरूसँग छलफल गरी समस्या समाधानबारे आवश्यक निर्णय लिइनेछ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
मुख्य सचिवको अध्यक्षतामा रहने सूचना वर्गीकरण समितिले सूचनाको हकसम्बन्धी ऐन २०६४ लाई निष्कृय पार्ने गरी ८७ प्रकारका विषयलाई गोप्य रहने गरी सूचनाको वर्गीकरण गर्ने निर्णय गरेको थियो।
Leave a Reply