Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • रविलाई तुरुन्त गृहमन्त्रीमा पुनर्बहाली गर्न ओलीको आग्रह

    रविलाई तुरुन्त गृहमन्त्रीमा पुनर्बहाली गर्न ओलीको आग्रह

    अनलाइन नेपाल
  • आइतबार, १५ माघ २०७९
  • 525
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेलाई तुरुन्त गृहमन्त्रीमा पुनर्बहाली गर्न आग्रह गरेका छन् ।

    यसअघि गृहमन्त्री भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको पद नागरिकताका कारण गुमेपछि ओलीले यस्तो आग्रह गरेका हुन् ।



    सत्ता साझेदार रास्वपाका तर्फबाट उपप्रधान तथा गृहमन्त्री बनेका रविको नागरिकता शुक्रवार सर्वोच्चले अवैध ठहर गरिदिएपछि उनले राजीनामा दिएका थिए । रविले आइतवार नागरिकता पुनस्प्राप्ति गरिसकेका छन् ।



    सांसद नरहे पनि ६ महिनाका लागि मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ । यसरी मन्त्री बनेको व्यक्ति ६ महिनाभित्र संघीय संसद्को सदस्य बनिसक्नुपर्छ । तर प्रधानमन्त्री प्रचण्ड भने गृहमन्त्री आफ्नै पार्टीबाट बनाउने पक्षमा देखिएका छन्।

    अहिले गृह मन्त्रालय प्रधानमन्त्री प्रचण्डले आफैंसँग राखेका छन्। सरकारको स्थायित्वका लागि रास्वपा जरूरी रहेको भन्दै त्यस पार्टीका सभापति लामिछानेलाई उपप्रधानसहित गृहमन्त्री दिने सहमति भएको थियो। संसदमा रास्वपाको १९ सिट रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार