काठमाडौं । गायक प्रमोद खरेलले शनिवार राति धनकुटामा आफ्नो कन्सर्टको क्रममा भएको अप्रिय घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै गायक खरेलले ‘हिजो धनकुटा कन्सर्टमा भएको अप्रिय घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछु । साथै कार्यक्रमस्थलमा घाइते हुनु भएका सम्पूर्णको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु’ भनेका छन् ।
शनिबार राती ८ बजेको समयमा धनकुटा नगरपालिका ६ स्थित तल्लो टुँडिखेलमा महोत्सव आयोजना भएको थियो ।
गत माघ ६ गतेदेखि आयोजित एभोकाडो एवं पाचौँ धनकुटा महोत्सवमा राष्ट्रिय कलाकार (गायक) खरेलले प्रस्तुति दिने कार्यक्रम थियो । त्यस क्रममा मानिसहरूको धेरै भिडभाड भई गेटबाट भित्र प्रवेश गर्ने क्रममा एक आपसमा ठेलमठेल भई मानिस चेपिएका थिए ।
धनकुटा महोत्सवको उक्त घटनामा ठेलमठेल हुँदा कम्तिमा ३० जना दर्शक घाइते भएका छन् ।
ती मध्ये १८ जनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको छ भने केही घाइतेको विराटनगरमा उपचार भैरहेको छ ।
Leave a Reply