पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १३ स्थित काहुँखोलामा आत्मदाहको प्रयास भएको छ ।
केही दिनअघि नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफैंमाथि आगो लगाएर आत्मदाह गरेका प्रेमप्रसाद आचार्य मृत्युको घटना सेलाउन नपाउँदै अर्को घटना भएको हो ।
घाइते हुनेमा काहुँखोला बस्ने संगीता सापकोटा र कृष्णबहादुर क्षेत्री रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार घाइते दुवैको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
डेरामा बस्दै आएका उनले बाथरुममा छिरेर पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । उनलाई बचाउने क्रममा घरबेटी घाइते भएको प्रहरीले जनाएको छ ।
कृष्णबहादुर क्षेत्री बाथरुमभित्र आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेपछि सापकोटाले जोगाउँदा उनी पनि जलेको प्रहरीले बताएको छ ।
Leave a Reply