काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ ।
उपप्रधान तथा गृहमन्त्री लामिछानेले राजीनामा दिएपछि पहिलो पटक बैठक बस्न लागेको हो ।
लामिछाने आज जिल्ला प्रशासन कार्यालय गएर नेपाली नागरिकता लिने तयारी गरेका छन् ।
नागरिकता प्राप्त गरेपछि दिउँसो केन्द्रीय सदस्य र सांसदलाई राखेर बैठक बस्ने तयारी गरिएको एक केन्द्रीय सदस्यले बताए ।
पछिल्लो राजनीतिक घटनाक्रमपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताईएको छ ।
रास्वपाले आफ्नो भागमा पाएको गृह मन्त्रालय नछाड्ने बुझिएको छ । पार्टीभित्र गृहमन्त्रीमा अर्को कुनै व्यक्ति तोक्न सक्ने तयारी भइरहेको छ ।
Leave a Reply