Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • प्रेस युनियन प्रदेश १ मा विवाद : संस्थापन पक्षले गर्‍यो अधिवेशन बहिस्कार

    प्रेस युनियन प्रदेश १ मा विवाद : संस्थापन पक्षले गर्‍यो अधिवेशन बहिस्कार

    समानान्तर समिति बनाउने चेतावनी

    अनलाइन नेपाल
  • आइतबार, १५ माघ २०७९
  • 549
    SHARES

    विराटनगर । नेपाल प्रेस युनियनको प्रदेश १ को पहिलो अधिवेशन संस्थापन पक्षले बहिष्कार गर्दै समानान्तर समिति बनाउने घोषणा गरेको छ।

    नेपाली कांग्रेसको शुभेच्छुक संस्था भनिने प्रेस युनियनको प्रदेश १ को पहिलो अधिवेशनको बन्दसत्र पार्टीका संस्थापन पक्ष समूहले बहिष्कार गरेका हुन् ।



    नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले शनिवार अधिवेशनको उद्घाटन गरेका थिए। संस्थापन पक्ष अधिवेशनको उदघाटन सत्रमा भने सहभागी थिए।



    संस्थापन पक्षबाट अध्यक्ष पदका आकांक्षी पवन अधिकारीले अधिवेशनमा हुकुमी शैलीमा एकतर्फी रूपमा नेतृत्व चयन गर्न खोजिएपछि अधिवेशन बहिष्कार गरिएको बताए।

    अधिकारीले विज्ञप्ति जारी गर्दै पत्रकारहरूको एउटा हिस्सालाई नै पाखा लगाउँदै षड्यन्त्रपूर्वक नेतृत्व चयन गर्न खोजिएको उल्लेख गरेका छन्।

    “एकपक्षीय ढंगले समिति निर्माणमा जालझेल गर्दै अग्रजहरूप्रति अपमानजनक ढंग र हुकुमी शैलीमा नेतृत्व प्रस्तुत भएको प्रति हाम्रो आपत्ति रहेको छ,” विज्ञप्तिमा भनिएको छ, “सम्मानजनक सहभागिता नभएको अवस्थामा त्यस्तो कथित निर्वाचनको नौटंकीलाई बहिस्कार गर्दै योग्य र सक्षम पत्रकार साथीहरूको व्यापक सहमति र समर्थनमा नेपाल प्रेस युनियन प्रदेश १ को कार्यसमिति चयन गरिने सम्पूर्ण साथीहरूमा जानकारी गराइन्छ ।”

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार