काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचल काठमाडौँले तोकिएको समयमा काम नसकेका १२ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।
१२ निर्माण व्यवसायी–आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने निर्णय शुक्रबार गरेको बिहीबार प्रकाशित सूचनामा उल्लेख छ ।
भागेश्वर गाउँपालिका २, डडेलधुराका जगत बहादुर जोरा नेतृत्वको राष्ट्र सेवा निर्माण सेवालाई तीन वर्ष र अन्यलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो ।
कालोसूचीमा राखेको अवधिभर निर्माण कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन नसक्ने पनि कार्यालयले जनाएको छ ।
हेर्नुहोस् सूची :
Leave a Reply