Online Nepal
  • बुधबार, १० पुष २०८१
  • प्रमोद खरेल सहभागी ‘कन्सर्ट’ : भीडमा झण्डै दुई दर्जन घाइते, तीनको अवस्था गम्भीर

    प्रमोद खरेल सहभागी ‘कन्सर्ट’ : भीडमा झण्डै दुई दर्जन घाइते, तीनको अवस्था गम्भीर

    अनलाइन नेपाल
  • आइतबार, १५ माघ २०७९
  • 993
    SHARES

    धनकुटा । धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाको अनियन्त्रित भीडमा परी २५ जनाभन्दा बढी घाइते भएका छन्। उनीहरूमध्ये तीनजना गम्भीर छन्।

    धनकुटा नगरपालिका वडा नं ५ टुँडिखेलस्थित महोत्सवस्थलमा क्षमताभन्दा बढी दर्शक भएपछि ठेलमठेल हुँदा सो घटना भएको हो ।



    घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकेपछि १५ जनालाई धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठान र विराटनगर पठाइएको धनकुटाकी निमित्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारीले जानकारी दिइन्।



    घाइते ओसार्न एम्बुलेन्स अभाव भएपछि जिल्लाका सबै सरकारी गाडी प्रयोग गरिएको छ। निमित्त प्रजिअ अधिकारीले घाइतेलाई अस्पताल पुर्‍याउनका लागि सरकारी कार्यालयका सवारीसाधन प्रयोग गर्न आफूले निर्देशन दिएको बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार