Online Nepal
  • बुधबार, २१ कार्तिक २०८१
  • कञ्चनपुरमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु,२ घाइते

    कञ्चनपुरमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु,२ घाइते

    अनलाइन नेपाल
  • शनिबार, १४ माघ २०७९
  • 561
    SHARES

    फाइल तस्विर

    धनगढी । कञ्चनपुरमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मकवानपुरको हेटौडा उपमहानगरपालिका–१ घर भएका २१ वर्षीय सरोज रिमालको मृत्यु भएको हो ।

    जिल्लाको पुनर्बास नगरपालिका–५ सिम्रीमा म १ ह ८२४ नम्बरको अटो दुर्घटना हुँदा एक जनाको मृत्यु र अन्य दुई जना घाइते भएका छन् ।



    दुर्घटनामा परेर गम्भीर घाइते भएका रिमालको धनगढीको माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।



    सोही अटोमा सवार रामेछापको मन्थली नगरपालिका–११ का १८ वर्षीया सबिना घिमिरे र महोत्तरीको बर्दिवास नगरपालिका–४ का २२ वर्षीय सुशील बुढाथोकी घाइते भएका छन् ।

    उनीहरुको पनि धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चालक धनगढी उपमहानगरपालिका–८ बस्ने ३२ वर्षीय रमेश देवकोटा र अटोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    तीव्र गतिका कारण अनियन्त्रित भएर अटो दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार