Online Nepal
  • बुधबार, १० पुष २०८१
  • कांग्रेस कुनै पनि दिन सत्तामा आउन सक्छ : शेखर कोइराला

    कांग्रेस कुनै पनि दिन सत्तामा आउन सक्छ : शेखर कोइराला

    अनलाइन नेपाल
  • शनिबार, १४ माघ २०७९
  • 546
    SHARES

    विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले ठूलो पार्टी भएकाले कुनै पनि दिन कांग्रेस सत्तामा आउन सक्ने बताएका छन् ।

    आज विराटनगरमा आयोजित कांग्रेसनिकट नेपाल प्रेस युनियन प्रदेश १ को प्रथम प्रदेश अधिवेशन उद्घाटनमा नेता कोइरालाले यस्तो बताएका हुन् ।



    नेकपा एमालेका कारण माओवादी केन्द्रले सत्ता नेतृत्व गर्ने अवसर पाएको भन्दै कोइरालाले पछिल्लो घटनाले भने कांग्रेस वृतमा निरासा छाएको बताए ।



    उनले भने,’कांग्रेस ठूलो पार्टी बनेर पनि सरकार बनाउने अवसर गुम्यो । यसले सबैको चित्त दुखेको छ।’

    उनले देशको राजनीतिक अवस्था र कांग्रेसको राजनीति पनि कठिन अवस्थामा रहेको बताए ।

    उनले राष्ट्रपतिको निर्वाचन फागुन २८ अगाडि नै हुने बताए । यो नभए अनिष्ट हुने कोइरालाको भनाइ छ ।‌

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार