Online Nepal
  • बुधबार, १० पुष २०८१
  • एकीकृत समाजवादीमा जान वामदेवले माधव नेपालसँग राखे चार सर्त

    एकीकृत समाजवादीमा जान वामदेवले माधव नेपालसँग राखे चार सर्त

    अनलाइन नेपाल
  • शनिबार, १४ माघ २०७९
  • 543
    SHARES

    काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीमा आउन प्रस्ताव गरेपछि वामदेव गौतमले चार सर्त अघि सारेका छन् ।

    नेकपा एमाले परित्याग गरेका घनश्याम भूसाललाई पार्टी प्रवेश गराएका अध्यक्ष नेपालले गौतमसँग पनि कुरा गरेपछि गौतमले चार सर्त अघि सारेका हुन् ।



    एकीकृत समाजवादी स्रोतका अनुसार, वामदेवले राखेको सर्तमा पार्टीभित्र छलफल गर्न सकिने अध्यक्ष नेपालले बताएका छन् । तर गौतमले भने अलग्गै पार्टीको नेतृत्व गरिरहेकाले थप छलफल नगरी पार्टी प्रवेश नगर्ने बताएका छन् ।



    गौतमको सर्तमा तीन वटा सैद्धान्तिक विषय छन् । पहिलो, जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने गौतमको सर्त छ । गौतमको दोस्रो सर्तका प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री ।

    यो विषयमा पनि छलफल गर्न सकिने एकीकृत समाजवादीका नेताहरुले बताउने गरेका छन् । तेस्रो सर्तका रुपमा गौतमले समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने भनेका छन् ।

    बाहेक भने गौतमले आफूले नेतृत्व गरेको समूहका नेताहरुलाई व्यवस्थापनको प्रतिबद्धता मागेका छन् । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनपछि कुनै समूहमा नलागेका गौतमले केही व्यक्ति समावेश गरी नेकपा एकता राष्ट्रिय अभियान बनाएका छन् ।

    गत ४ मंसिरको चुनाव अगाडि भने गौतमले नेकपा माओवादी केन्द्रमा मिसिन खोजेका थिए । माओवादी केन्द्रकै चिह्नबाट चुनाव लड्ने निर्णय गरे पनि गौतमले टिकट पाएनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार