Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • एक दशकदेखि फरार ‘मोष्ट वान्टेड’ पक्राउ, यस्ताे छ अपराधकाे नालीबेली

    एक दशकदेखि फरार ‘मोष्ट वान्टेड’ पक्राउ, यस्ताे छ अपराधकाे नालीबेली

    अनलाइन नेपाल
  • मंगलबार, ९ असार २०७७
  • 2.7K
    SHARES

    बाँके । एक दशकदेखि फरार ‘मोष्ट वान्टेड’ जिल्ला प्रहरी कार्यालय बाँकेद्वारा खटिएकाे प्रहरी टाेलीले विशेष सूचनाकाे आधारमा पक्राउ गरेकाे छ। तत्कालीन भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वाला सिंह) समूहमा आवद्ध भइ अपराध गरिरहेकाे करिब एक दशकपछि पक्राउ परेपछि नयाँ कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी उपरीक्षक ओमबहादुर रानालाई ठूलो सफलता मिलेकाे छ।

    जिल्लामा हत्या, अपहरण, ज्यान मार्ने उद्योग, बम विष्फोट तथा फिरौती जस्ता विभिन्न आधा दर्जन बढी अपराधमा संलग्न रही फरार प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेको बाँकेको साबिक बनकट्टी गाबिस ५, हालको डुडुवा गाउँपालिका वडा नम्बर ३ को धर्मा सिंह भनिने राजेश यादवलाई मंगलबार बिहान करीव ३ बजेतिर उसकै घरबाट प्रहरीले पक्राउ गरेको हाे । उसको सिरानीबाट १ थान तरवार र १ थान चक्कु पनि बरामद गरेको प्रहरीले जनाएको छ।



    पक्राउ परेका यादवलाई २०७० पौष १३ गते त्रिभुवन प्रसाद कुर्मीसँग फिरौती रकम माग गरेको, फिरौती रकम नदिए अपहरण गर्ने धम्की दिएको अपहरण मुद्दामा बाँके जिल्ला अदालतबाट २०७१ फागुन १७ गते ४ बर्ष कैद र ३० हजार जरिवाना हुने फैसला सुनाएको थियो ।



    यादवलाई साबिक गनापुर ९ स्थित प्रकाश अधिकारीको फ्याक्ट्रीमा बम विस्फोट गराई जिल्ला अदालतबाट २०७२ मङ्सिर १८ गते ६ महिना जेल र ५ हजार जरीवाना हुने फैसला सुनाएको थियो ।

    उनलाई २०६८ मङ्सिर १४ गते भूमिसुधार कार्यालय बाँके र मालपोत कार्यालय बाँकेमा बम विस्फोट मुद्दामा जिल्ला अदालतबाट २०७२ माघ १८ गते ६र६ महिना कैद र ५–५ हजार जरिवाना सुनाइएको थियो ।

    यादव २०६८ मङ्सिर ४ गते साबिक होलिया गाबिस २ का नन्ना यादवलाई गोली हानी हत्या गरेर फरार भएको, २०६५ जेठ २६ गते राज बहादुर सिंहलाई गोली हानी घाइते बनाई ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका थिए ।

    त्यसैगरी, प्रहरीले यादव २०६६ भदौ २१ गते वसन्त मल्ल भन्ने छन्दबिक्रम मल्ललाई अपहरण गरी हत्या गरेको मुद्दामा फरार रहेको, २०६६ पौष १७ गते हातहतियार खरखजाना मुद्दामा फरार रहेको, २०६६ पौष १ गते विजय भण्डारीसँग रकम माग गरी अपहरण गर्ने धम्की दिएको मुद्दामा फरार रहेको जनाएको छ ।

    प्रहरीले यादवलाई ज्यान सम्बन्धि कसुर, अपहरण तथा शरीर बन्धक, हातहतियार खरखजाना, बिष्फोटक पदार्थ ऐन अनुसारको मुद्दामा सजाय हुने जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार