Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • रवि निर्वाचित चितवन-२ मा उपनिर्वाचन हुने

    रवि निर्वाचित चितवन-२ मा उपनिर्वाचन हुने

    अनलाइन नेपाल
  • शुक्रबार, १३ माघ २०७९
  • 609
    SHARES

    काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने भएको छ ।

    नागरिकता मुद्दामा सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि उनी निर्वाचित चितवन २ मा उपनिर्वाचन हुने भएको हो ।



    सर्वोच्च अदालतको आजको आदेशले उनको सांसद पद गएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले गएको प्रतिनिधिसभा निर्वाचनमा चितवन(२ बाट भारीमतान्तरले विजयी भएका थिए।



    लामिछानेले ४९ हजार २ सय ६४ भोट पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९ सय ८३ मत प्राप्त गरेका थिए। यहाँ नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ६७ भोट पाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार