काठमाडौं । गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।
अन्तिम दिनको सुनुवाइका लागि सर्वोच्च अदालतले तोकेबमोजिम रवि पक्षको बहस सकिएको छ ।
रिटकर्ताका तर्फबाट जवाफी बहस भइरहेको छ । लामिछानेले ७२ सालमै नेपालको नागरिकता प्रयोग गरी पासपोर्ट लिए पनि अमेरिकाको नागकिरता भने ०७५ साल असार ६ गते मात्र त्यागेको विवरण पेस गरेका छन् ।
उनले नागरिकता परित्यागको प्रक्रिया थालेको विवरण सरकारी संयन्त्रलाई जानकारी गराए पनि परित्यागको प्रमाणपत्र लिइसकेको जानकारी नगराएको रिटकर्ता पक्षले जनाएको छ ।
उनले नेपालको नागरिकता परित्याग गरिसकेपछि पुनः प्राप्तिका लागि आवश्यक प्रक्रिया पनि नअपनाएको कारण उनको सांसद पदको उमेदवारी नै खारेज गर्न माग गर्दै उजुरी परेको थियो ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा शुक्रबार सुनुवाइ सकिने अपेक्षा छ।
Leave a Reply