काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओलीले सहमति पालना नगरेको बताएका छन् ।
पार्टी कार्यालयमा बिहीबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री प्रचण्डले ओलीप्रति असन्तुष्टि जनाएका हुन् ।
माओवादी केन्द्रका एक पदाधिकारीले दिएको जानकारीअनुसार संसद् विघटनको विषय संसद् प्रवेश गराएर ओलीले सहमति पालना नगरेको धारणा राखेका थिए ।
प्रधानमन्त्री प्रचण्डले माओवादीले एमालेको तुलनामा मन्त्रालय पनि राम्रा नपाएको र मर्यादाक्रममा पनि अप्ठेरो पारिएको टिप्पणी गरेका थिए ।
एमाले र माओवादीबीच प्रधानमन्त्रीले शपथ लिएका दिनमा एक एक जना मन्त्री पठाउने भनिएको भए पनि एमालेले चारजना पठाएकोमा पनि उनले असन्तुष्टि व्यक्त गरे ।
Leave a Reply