Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • विकेटकिपर आसिफले जिते ‘आइसीसी स्पिरिट अफ क्रिकेट’ अवार्ड

    विकेटकिपर आसिफले जिते ‘आइसीसी स्पिरिट अफ क्रिकेट’ अवार्ड

    अनलाइन नेपाल
  • बिहिबार, १२ माघ २०७९
  • 597
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य आसिफ शेखले आइसीसी स्पिरिट अफ क्रिकेट अवार्ड जितेका छन्। विश्व क्रिकेटको नियामक निकाय आइसीसीले आज आसिफलाई विजेता घोषणा गरेको हो।

    आसिफले गत वर्ष फेब्रुअरी १४ मा आयरल्यान्डविरुद्धको खेलमा नेपाली बलरसँग ठोकिएर लडेका एन्डी म्याकब्राइनलाई रन आउट गरेका थिएनन्।



    सोही ‘इन्सिडेन्ट’का कारण उनले क्रिकेटको स्पिरिटलाई कायम राखेको ठम्याउँदै आइसीसीले उनलाई विजेता घोषणा गरेको हो।



    आसिफ नेपालबाट यो अवार्ड जित्ने पहिलो खेलाडीसमेत बनेका छन्। नेपाली राष्ट्रिय टिमका ओपनर आसिफ विभागीय टिम एपीएफबाट खेल्दै आएका छन्। गत महिना सम्पन्न नेपाल टी-२० लिगमा आसिफले पोखरा एभेन्जर्सबाट खेलेका थिए।

    गत वर्ष फागनुमा ओमानमा भएको चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय सिरिजका क्रममा आयरल्यान्डविरुद्धको खेलमा देखाएको खेल भावनाले उनी मनोनियनमा परेका हुन् ।

    आयरल्यान्डका एन्डी म्याकबर्नी रन लिनेक्रममा नेपाली बलर कमल सिंह ऐरीसँग अल्झिएर लड्न पुगेपछि आसिफले रन आउट गरेका थिएनन् । खेलको १८ ओभरमा ११३–८ को अवस्थामा तीव्र गतिका बलर कमलसिंह ऐरीको १९ औं ओभरको तेस्रो बलमा मार्क आदिरले एक रन लिनेक्रममा नन स्ट्राइकबाट दौडिएका एन्डी म्याकबर्नी कमलसँग अल्झिएर लड्न पुगेका थिए ।

    कमल मिडविकेटमा गएको बल लिने क्रममा उनीसँग ठोक्किन पुगेका थिए । उनी पुनः उठेर क्रिजतर्फ दौडे । क्रिजको मध्य भागमा लडेका उनलाई रन आउटको लागि कमलले मिडविकेटबाट आसिफलाई बल दिएका थिए ।

    आसिफले चाहेको भए सहजै रन आउट गर्न सक्थे । म्याकबर्नी क्रिजको रेखा भन्दा धेरै टाढा थिए । तर आसिफले रन आउट गरेनन् ।आसिफको उक्त खेल भावना नेपालमात्र नभएर अन्तर्राष्ट्रिय विश्व चर्चित मिडिया र समर्थकले खुलेर प्रशंसा गरेका थिए ।

    आईसीसी आफैंले पनि उनको उक्त भावनाको खुलेर प्रशंसा गरेको थियो । विश्वभर सर्वाधिक चर्चा पाएको २०२२ को उक्त क्षणका कारण आसिफले आईसीसी स्प्रिट अफ द क्रिकेट इयर अवार्ड जितेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार