Online Nepal
  • बुधबार, १० पुष २०८१
  • माओवादी बैठक : कुनै पार्टीलाई ‘बाइपास’ गरेर राष्ट्रपति छान्नु ठिक हुँदैन

    माओवादी बैठक : कुनै पार्टीलाई ‘बाइपास’ गरेर राष्ट्रपति छान्नु ठिक हुँदैन

    अनलाइन नेपाल
  • बिहिबार, १२ माघ २०७९
  • 612
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रले कुनै पनि पार्टीलाई ‘बाइपास’ गरेर राष्ट्रपति छान्न ठिक नहुने बताएको छ ।

    बिहीबार दिउँसो बसेको पार्टीको स्थायी समिति बैठकले यस्तो निष्कर्ष निकालेको हो ।



    स्थायी समिति बैठकपछि बोल्दै सचिव देवेन्द्र पौडेलले भने, ‘कुनै पार्टीविशेषलाई बाइपास गरेर राष्ट्रपति छान्ने कुरा हुँदैन, त्यो ठिक हुँदैन । यसबारे हामीले छलफल गर्‍यौँ ।



    सबैमा सहमति जुटाएर संविधानले व्यवस्था गरेअनुरुप साझा व्यक्तित्वलाई अघि सार्न सक्यौं भने सम्भावित भोलि हुने दुर्घटना रोक्न, संविधानको रक्षा, मिश्रित बनावटको संसद त्यसलाई पाँच वर्षसम्म सकुशल लैजान राष्ट्रिय सहमतिको आधारमा अघि बढौं भन्ने हो ।’

    उनले राष्ट्रिय सहमति बनाएर अघि बढ्नुपर्ने बताए । उनले राष्ट्रपति लुछाचुँडी गर्ने पद नभएको स्मरण गराए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार