Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • लिभरपुलले गोलरहित बराबरी खेल्दै अंक बाँड्यो

    लिभरपुलले गोलरहित बराबरी खेल्दै अंक बाँड्यो

    अनलाइन नेपाल
  • मंगलबार, ९ असार २०७७
  • 2.6K
    SHARES

    लन्डन । इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष टोली लिभरपुल एभर्टनसँग बराबरीमा रोकिएको छ। एभर्टनको घरेलु मैदानमा आइतबार राति खेलिएको खेलमा लिभरपुलले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो।

    यस बराबरीले लिभरपुलको उपाधि यात्रा अझै दुई खेल लम्बिएको छ। लिभरपुललाई च्याम्पियन बन्न दुई जितको आवश्यक छ। एभर्टनलाई हराउन सकेको भए लिभरपुललाई अर्को एक खेल जिते उपाधिमाथि कब्जा जमाउन पर्याप्त हुने थियो।



    घरेलु टोलीमाथि लगातार आक्रमण बुने पनि लिभरपुलले गोल गर्न सकेन। लिभरपुलको प्रयासमा एभर्टनको रक्षापंक्ति बाधक बनेको थियो। पहिलो हाफमा मात्र लिभरपुलले तीनवटा उत्कृष्ट अवसर गुमाएको थियो। ३०औं मिनेटमा जोय मटिपको सशक्त प्रहार पोस्टमाथि हुइँकिएको थियो। लगत्तै मिनामिनो पोस्ट नजिक चुकेका थिए। ४१औं मिनेटमा अलेक्सान्डर अर्नाेल्डको प्रहारलाई एभर्टनका गोलरक्षकले विफल पारिदिएका थिए।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार