Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • भारत भ्रमणको तयारीमा प्रधानमन्त्री दाहाल

    भारत भ्रमणको तयारीमा प्रधानमन्त्री दाहाल

    अनलाइन नेपाल
  • बिहिबार, १२ माघ २०७९
  • 531
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण तयारी थालिएको छ ।

    प्रधानमन्त्रीमा नियुक्त भएको केही दिन पछि नै प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुन सक्ने बताएका थिए ।



    प्रधानमन्त्री प्रचण्डले उक्त अभिव्यक्ति दिनु अघि नै भारतीय विदेश सचिव विनयमोहन क्वात्राले बधाइ दिने क्रममा भारत भ्रमणको निम्तो दिएका थिए ।



    अहिले नेपाल र भारत दुवै मुलुकको तर्फबाट प्रधानमन्त्री प्रचण्डको भ्रमणका लागि कुटनीतिक प्रयास सुरु भएको हो ।

    परराष्ट्र स्रोतका अनुसार राष्ट्रपतिको निर्वाचनलगत्तै प्रधानमन्त्री प्रचण्डको भ्रमण गराउने गरी दुवै देशबाट कुटनीतिक पहल भइरहेको हो ।

    फागुन तेस्रो साता राष्ट्रपतिको निर्वाचन गर्ने तयारी छ । उक्त निर्वाचन लगत्तै वा चैतको पहिलो सातातिर प्रधानमन्त्रीले भारतको भ्रमण गर्ने तयारी रहेको हो ।

    प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री प्रचण्डले पहिलो विदेश भ्रमणको तयारी गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार