Online Nepal
  • बुधबार, १० पुष २०८१
  • कांग्रेस सदनमा प्रमुख विपक्षी दल हो, सरकार ढाल्न पनि लागि पर्छ : शेखर कोइराला

    कांग्रेस सदनमा प्रमुख विपक्षी दल हो, सरकार ढाल्न पनि लागि पर्छ : शेखर कोइराला

    अनलाइन नेपाल
  • बुधबार, ११ माघ २०७९
  • 588
    SHARES

    फाइल फोटो

    विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अब सदनमा आफूहरु प्रमुख विपक्षी भएको र सरकार ढाल्न लाग्ने बताएका छन् ।

    विराटनगर विमानस्थलमा बुधबार पत्रकारहरुसँग कुराकानी गर्दै कोइरालाले यस्तो बताएका हुन् ।



    यस्तै उनले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको विषयमा धेरै विवाद गर्न नहुने बताए । यस सम्बन्धमा च्याप्टर क्लोज भएको उनको भनाई छ ।



    उनले कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवारी दिने बताए । सबैतिर वामपन्थीमात्र नहुने भन्दै राष्ट्रपति कांग्रेसको हुनुपर्नेमा आफूहरु स्पष्ट भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार