Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • जेल रेस्टुरेन्ट चल्न दिने प्रशासनको निर्णय, कानुनले बर्जित गरेका सामग्री नराखिने

    जेल रेस्टुरेन्ट चल्न दिने प्रशासनको निर्णय, कानुनले बर्जित गरेका सामग्री नराखिने

    अनलाइन नेपाल
  • बुधबार, ११ माघ २०७९
  • 546
    SHARES

    रुपन्देही । रुपन्देहीको भैरहवामा रहेको जेल रेष्टुरेन्ट बन्द गर्ने निर्णयबाट स्थानीय प्रशासन पछि हटेको छ ।

    कानुनले बर्जित गरेका केही सामग्री नराख्ने र सामान्य रेष्टुरेन्टसरह व्यवसाय सञ्चालन गर्ने प्रतिबद्धता जनाएपछि रेष्टुरेन्ट सञ्चालन गर्न दिने निर्णय भएको भएको हो ।



    प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेका अनुसार रेष्टुररेन्ट सञ्चालनका लागि घरेलु तथा साना उद्योग कार्यालयले बाँकी मापदण्डहरुका बारेमा अध्ययन गरेर कानुनबमोजिम सञ्चालन गर्न दिइने छ ।



    गत सोमबार जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले देवकोटा चोकमा रहेको उक्त रेस्टुरेन्ट बन्द गरिदिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार