Online Nepal
  • बुधबार, १० पुष २०८१
  • दुर्घटनामा परी प्रदेश १ संसद सचिवालयका अधिकृत श्रेष्ठको मृत्यु

    दुर्घटनामा परी प्रदेश १ संसद सचिवालयका अधिकृत श्रेष्ठको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ११ माघ २०७९
  • 600
    SHARES

    फाइल तस्विर

    विराटनगर । प्रदेश १ संसद सचिवालयका  कम्प्युटर अधिकृत प्रेमबहादुर श्रेष्ठको मोटर साइकल दुर्घटनामा परेर मृत्यु भएको छ ।

    गम्भीर घाइते भएका श्रेष्ठको बुढिगंगामा रहेको विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।



    विहान धरानबाट कार्यालय तर्फ आउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका वडा नम्बर ४ स्थित ढाटको गेटमा स्कुटरसँग जुधेर श्रेष्ठ दुर्घटनामा परेका थिए ।



    सुनसरीको धरान ७ स्थित घरबाट विराटनगर तर्फ आउने क्रममा प्रदेश १–०४–००१ ब ०००७ नम्बरको मोटरसाइकल सडक पार गर्दै गरेको को ३८ प ५३८७ नम्बरको स्कुटरसँग जुधेको ट्राफिक प्रहरीले जनाएको छ ।

    दुर्घटना लगत्तै अस्पताल पुर्‍याएको भएपनि उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालक बुढिगंगा गाउँपालिका वडा नम्बर २ का रोशन विक पनि घाइते भएका छन् ।

    मोटरसाइकल र स्कुटरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार