काठमाडौं । आचार्य बन्धु समाजले आत्मदाहको प्रयासबाट जलेर निधन भएका प्रेमप्रसाद आचार्यलाई सहिद घोषणा गर्न सरकारसँग माग गरेको छ ।
आचार्यले हिजो (मंगलबार) संघीय संसद भवन अगाडि शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका थिए । उनको उपचारको क्रममा आज विहान निधन भएको हो ।
‘राज्यले नैतिक रुपमा उनको परिवारमा आएको सबै ऋण तिरिदिनुपर्ने, छोराछोरीलाई आजीबन पढाईदिनुपर्ने तथा सहिद घोषणा भने तत्काल गर्नुपर्ने जोडदार माग गर्दछ । आचार्य समाजले सरकारले सहिद घोषणा नगरे टायर बालेर आन्दोलन गर्ने छैन । देशको भौतिक सम्पतीमाथी क्षती पुर्याउने छैन, समाजले नैतिक दबाब भने दिनेछ,’ विज्ञप्तिमा भनिएको छ ।
Leave a Reply