Online Nepal
  • बुधबार, २ माघ २०८१
  • एमाले अध्यक्ष ओलीले भने – कांग्रेसको एउटै सूत्र, जसरी पनि आफू सरकारमै हुनुपर्छ

    एमाले अध्यक्ष ओलीले भने – कांग्रेसको एउटै सूत्र, जसरी पनि आफू सरकारमै हुनुपर्छ

    'एमाले बाँडीचुँडी खाने पार्टी होइन'

    अनलाइन नेपाल
  • बुधबार, ११ माघ २०७९
  • 663
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसभित्र देशका विषयमा कुरा नै नउठाइने टिप्पणी गरेका छन् ।

    बुधबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    उनले देश विकास, संक्रमणकालीन न्यायलाई कसरी टुंगोमा पुर्‍याउने भन्नेलगायत विषयमा कांग्रेसको महाधिवेशनमा कुरा नउठाइएको बताए ।

    ओलीले भने, ‘कांग्रेसको एउटै मात्र सूत्र छ, आफू सरकारमा हुनुपर्छ, त्यही हो लोकतन्त्र, त्यही हो विकास ।’ कांग्रेसको नेतृत्वमा सरकार हुँदा विकास नहुने उनले बताए । उनले कांग्रेसले आफू सरकारमा हुनु नै विकास ठान्ने गरेको पनि बताए ।

    एमाले दलबल गर्ने, केही प्राप्ति गर्ने र त्यो बाँडीचुँडी खाने पार्टी नभएको पनि उनले बताए । सामाजिक असन्तुष्टिलाई उपयोग गरेर र मौसमी खालका कुरा गरेर केही दल र नेताहरु ह्वात्त माथि आएको भन्दै उनले उनीहरुको राजनीति अस्थायी रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार