Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • अधिवक्ता सुरेन्द्र भण्डारीले भने – रवि लामिछानेको व्यक्तिगत निर्णयले नागरिकता सक्रिय हुँदैन

    अधिवक्ता सुरेन्द्र भण्डारीले भने – रवि लामिछानेको व्यक्तिगत निर्णयले नागरिकता सक्रिय हुँदैन

    अनलाइन नेपाल
  • बुधबार, ११ माघ २०७९
  • 603
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ जारी छ ।

    सर्वोच्चको संवैधानिक इजालसमा जारी सुनुवाइमा निवेदकको तर्फबाट अधिवक्ता सुरेन्द्र भण्डारीले रवि लामिछाने अहिले नेपाली मूलका विदेशी नागरिक भएको दाबी गरेका छन् ।



    उनले बहस गर्दै रविले आफूलाई कानूनभन्दा ठूलो ठानेको जिकिर गरे । बहसमा अधिवक्ता  भण्डारीले नागरिक ऐनअनुसार रविले नागरिकता पुनः प्राप्तिमा राज्यले निर्णय लिनुर्ने जिकिर गरे



    बहस गर्दै उनले भने, ‘अमेरिकी नागरिकता त्यागिसकेको निवेदन दिनुपर्नेमा कुनै पनि प्रक्रिया पालना नगरेको, आफूलाई कानूनभन्दा माथि ठानेको छ ।

    अमेरिकी दूतावासमा पनि नागरिकता त्यागको लागि निवेदन दिएको भनेर अध्यागनलाई जानकारी गराएको अवस्था छ । त्यही भएर उनी नेपाली मूलका विदेशी नागरिक हुन् ।’

    अधिवक्ता भण्डारीले विदेशी नागरिकता त्यागेको भने पनि प्रमाण पेश गर्न नसकेको दाबी गरे । बहसका क्रममा उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टीक सभापतिसमेत रहेका लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नेपाली अधिकारीहरूलाई अहिलेसम्म नबुझाएको जिकिर गरेका छन्।

    अधिवक्ता रवि बसौलाले २०७५ जेठ ४ मा लामिछानेले काठमाडौंस्थित अमेरिकी राजदूतावासमा नागरिकता त्याग्न निवेदन दिएको तर दूतावासबाट जवाफ नआउँदै असार ६ गते अध्यागमनमा गएर नागरिकता त्याग्दैछु भनेर सूचना दिएको उल्लेख गरे।

    संवैधानिक इजलासमा कायममुकायम मुख्यन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार