Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • गृहमन्त्री लामिछानेको नागरिकता विवाद मुद्धामा बहस गर्ने कानुन व्यवसायीलाई १ घण्टाको समय

    गृहमन्त्री लामिछानेको नागरिकता विवाद मुद्धामा बहस गर्ने कानुन व्यवसायीलाई १ घण्टाको समय

    अनलाइन नेपाल
  • बुधबार, ११ माघ २०७९
  • 837
    SHARES

    काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता तथा राहदानीसम्बन्धी विवादको मुद्दामा बसह गर्ने कानुन व्यवसायीका लागि संवैधानिक इजलासले १–१ घण्टाको समय छुट्याएको छ।

    कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा सम्मेलित संवैधानिक इजलासमा रविविरुद्धका दुवै रिटको अन्तिम सुनुवाइ सुरु भएकोमा रिट निवेदक पक्ष, विपक्ष र सरकारी वकिलले बहस गर्दैछन्।



    रिट निवेदकका तर्फबाट ३ जना कानुन व्यवसायीले सुरुवाती बहस गरेका छन्। अधिवक्ताहरु रविराज बसौला र रमण कर्ण तथा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बहस सकेका छन्। रिट निवेदकका पक्षबाट थप २ जना कानुन व्यवसायीले बहस गर्न बाँकी छ।



    निवेदक पक्षका कानुन व्यवसायीले बहस सकेपछि सरकारी वकिलले बहस गर्नेछन्। सरकारी वकिलले बहस सकेपछि विपक्षी (लामिछानेका) कानुन व्यवसायीले बहस गर्नेछन्।

    गृहमन्त्री लामिछानेको सांसद पदको योग्यतामा प्रश्न उठाउँदै अधिवक्ता रविराज बसौला र युवराज पौडेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार