Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • प्रधानमन्त्री प्रचण्डका ३० दिन : अभूतपूर्व विश्वासको मत, २१ दिन सिंहदबारबाट कामकाज

    प्रधानमन्त्री प्रचण्डका ३० दिन : अभूतपूर्व विश्वासको मत, २१ दिन सिंहदबारबाट कामकाज

    अनलाइन नेपाल
  • मंगलबार, १० माघ २०७९
  • 594
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एक महिने कार्य प्रगति विवरण सार्वजनिक गरेका छन् ।

    तत्कालीन गठबन्धनमा सहमति हुन नसकेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सक्रियतामा प्रधानमन्त्री बनेका प्रचण्डको एक महिने कार्य विवरण सार्वजनिक भएको हो ।



    मंगलबार प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिन पुगेको छ । पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डप्रति जुन समर्थन देखापर्यो, त्यो नेपाली राजनीतिकै निम्ति अभूतपूर्व र ऐतिहासिक छ ।



    ‘कोभिड महामारी, विश्वव्यापी रूपमा देखा परेको आर्थिक मन्दी र त्यसको नेपालमा प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव भोगिरहेको बेला देशको बागडोर सम्हालेका प्रचण्डले संसदबाट विश्वासका मत लिए । नेपालका संसदीय इतिहासमै ९९ प्रतिशत संसदको समर्थनमा विश्वासको मत हासिल गरे,’ प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको कार्य विवरणमा उल्लेख छ ।

    प्रचण्ड गत पुष १० गते नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

    यस्तो छ पूर्णपाठ :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार