Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • कांग्रेस नेता रामचन्द्र पौडेलले भने – २०५४ मा एमाले विभाजन मैले गरेको होइन

    कांग्रेस नेता रामचन्द्र पौडेलले भने – २०५४ मा एमाले विभाजन मैले गरेको होइन

    अनलाइन नेपाल
  • मंगलबार, १० माघ २०७९
  • 741
    SHARES

    काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले सभामुखको हैसियतमा एमाले विभाजन नगरेको बताएका छन् ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै वरिष्ठ नेता पौडेलले २०५४ सालमा आफूले सभामुखको हैसियतमा एमाले विभाजन नगरेको स्पष्टीकरण दिएका हन् ।



    उनले भने, ‘मैले राप्रपालाई पनि लोकतन्त्र कलिलै छ, दलहरु फुट्यो भने लोकतन्त्र कमजोर हुन्छ भनेँ । त्यो प्रस्ताव (दल विभाजनको प्रस्ताव) लिएर आएका एमालेका सदस्यहरुलाई मैले त्यही कुरा भनेँ । तपाईंहरुको यो प्रस्ताव दर्ता गर्दिन, म सुदूरपश्चिम गएर आउँछु । सम्भव भएसम्म सहमति गर्नुस् भनेर म सुदूरपश्चिम गएँ ।’



    नेता पौडेलले आफू सकेसम्म दल विभाजन गर्न हुन्न भन्ने पक्षमा रहेको दावी गरे । केही दिनअघि प्रतिनिधिसभा बैठकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठले २०५४ सालमा र २०७८ सालमा सभामुखले एमाले विभाजन गरिदिएको आरोप लगाएका थिए ।

    पौडेल २०५१ सालको मध्यावधि निर्वाचनबाट सभामुख चयन भएका थिए । महाकाली सन्धिको समर्थन र विरोधमा रहेका दुई पक्षबीच विवाद हुँदा प्रतिनिधिसभाको त्यतिबेलाको ठूलो दल एमाले विभाजन भएर नेकपा माले गठन भएको थियो ।

    एमाले विभाजन हुँदा माले पक्षकाले एक जना सांसदको नाम थप गर्न माग गर्दा आफूले नमानेको पनि पौडेलले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार