काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सनले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।
मन्त्री लामिछानेलाई भेट्न राजदूत थम्प्सन आज (मंगलबार) सिंहदरबार पुगेका हुन् ।
सो क्रममा उनले मन्त्री लामिछानेलाई बधाई एवम् सफल कार्यकालको लागि शुभकामना दिएका थिए ।
उनीबीच नेपाल र अमेरिकाबीचको द्धिपक्षीय सम्बन्ध सुमधुर बनाउनेबारे छलफल भएको बताईएको छ ।
Leave a Reply