Online Nepal
  • बुधबार, १० पुष २०८१
  • माओवादी र नेपाल समाजवादीबीच एकताका लागि वार्ता हुँदै

    माओवादी र नेपाल समाजवादीबीच एकताका लागि वार्ता हुँदै

    अनलाइन नेपाल
  • मंगलबार, १० माघ २०७९
  • 552
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी(नेसपा)बीच पार्टी एकताका लागि मंगलबार वार्ता हुने भएको छ ।

    दुई पार्टीको वार्ता टोली छलफलमा बस्न लागेका हुन् ।



    दुई पार्टीबीच एकता गर्न बनेको वार्ता टोेलीमा माओवादी केन्द्रका तर्फबाट संयोजक कृष्णबहादुर महरासहितका नेता छन् भने नेसपाका तर्फबाट गंगानारायण श्रेष्ठ सहितको नेता रहेका छन् ।



    टोलीको बैठक मंगलबार दिउँसो २ बजे बस्ने तय भएको नेसपा वार्ता टोलीले जनाएको छ ।

    पार्टी एकताका विषयमा सरकारात्मक वातावरण बन्दै गएकाले छिट्टै परिणाम निकालिने माओवादी केन्द्र ले जनाएको छ ।

    यसअघि शनिवार बसेको वार्तामा दुबै पार्टीको डकुमेन्ट आदानप्रदान गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार