Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • स्वास्थ्य सामग्री खरिद प्रकरणमा मन्त्री नै कारवाहीमा पर्ने संकेत

    स्वास्थ्य सामग्री खरिद प्रकरणमा मन्त्री नै कारवाहीमा पर्ने संकेत

    अनलाइन नेपाल
  • सोमबार, ८ असार २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रकरणमा स्वास्थ्य तथा जनससंख्या मन्त्री भानुभक्त ढकाल र उनका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीमाथि कारवाही गर्ने संकेत देखाएको छ। ढकाल र  कार्कीको भूमिका शंकास्पद देखिएको  लेखा समितिका सदस्यहरूले बताएका छन् ।

    लेखा समितिले स्वास्थ्य सामग्रीमा भएको अनियमितताबारे सोमबार प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारी, स्वास्थ्यसचिव लक्ष्मण अर्याल, स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंह र स्वास्थ्य मन्त्रालयका प्रशासन प्रमुख रघुराम बिष्टसँग बयान लिएको छ ।



    मन्त्रालयले विज्ञ सल्लाहकार कार्कीको नेतृत्वमा वार्ता समिति बनाएको थियो । समितिले ओम्नी समूहको नाम सिफारिस र स्वास्थ्यमन्त्रीले निर्णय गरेपछि स्वास्थ्य सेवा विभागले औपचारिक सम्झौता गरेको थियो । खरिद ऐनमा व्यवस्था भएको मूल्याङ्कन समितिलाई खरिद प्रक्रियामा कुनै भूमिका नदेखिएको पाइएको समितिले प्रारम्भिक अध्ययनले देखाएको छ ।



    लेखा समितिले सामान खरिदपछि गुणस्तर जाँच्ने निकायले रिपोर्ट नदिई सामान बाँडेको पाइएको जनाएको छ  । स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीलालाई  खरिद प्रकियाको संयोजक बनाएर २४ घण्टाभित्रै खरिद प्रकिया टुङ्ग्याउनुमा ठुलो स्वार्थ देखिएको छ।

    सत्तारुढ नेकपाका सांसद विरोध खतिवडाले ओम्नीलाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिनका लागि चैत १२ गते भएका बैठकका श्रृंखलाले अनियमितता भएको आशंका जन्माएको बताए । उक्त दिन अनेकौं बैठक भएका र राति कैयौं पत्राचार भएकाले अनियमितता भएको हो कि भन्ने देखिएको उनको भनाइ थियो ।

    मन्त्रिस्तरीय निर्णय भएको छ । बैंकदेखि ओम्नी समूहलाई पत्राचार भएको छ । १२ गते कम्पनीलाई पत्राचार भयो, १२ गते नै बैठकलाई पत्राचार भयो । १२ गते राति नै बैंक कसरी खुला भयो ?  समितिमा प्राप्त कागजातमा लेखिएका कुरा उल्लेख गर्दै उनले प्रश्न गरेका थिए । ओम्नी समूहसँग स्वास्थ्य सामग्री खरिद गर्दा सचिव यादव कोइराला र स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ थिए ।

    तर पहिलो लटको सामान ल्याउनासाथ खरिद प्रक्रियामा प्रश्न उठेपछि विभागले सम्झौता रद्द गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार