Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • सशस्त्रलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन – बदलिँदो सुरक्षा चुनौतिको सामना गर्न रणनीति बनाउनू

    सशस्त्रलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन – बदलिँदो सुरक्षा चुनौतिको सामना गर्न रणनीति बनाउनू

    'अपराधहरूको चरित्रमा बहुआयामिक फेरबदल आएको छ'

    अनलाइन नेपाल
  • सोमबार, ९ माघ २०७९
  • 606
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना–प्रविधिको विकासले अपराधहरूको चरित्रमा बहुआयामिक फेरबदल आएको भन्दै बदलिँदो सुरक्षा चुनौतिको सामना गर्न आवश्यक रणनीति बनाउन निर्देशन दिएका छन् ।

    सोमबार २२ औं सशस्त्र प्रहरी दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले वर्तमान विश्व परिवेशलाई मूल्याङ्कन गर्दै बदलिँदो सुरक्षा चुनौतिलाई सामना गर्नका लागि आवश्यक रणनिति बनाई सोहीअनुसार परिचालित हुन शसस्त्र प्रहरीलाई निर्देशन दिए ।



    उनले सरकारको सुशासन र समृद्धिको दीर्घकालीन लक्ष्यलाई सफल बनाउन आफ्नो क्षेत्रबाट इमान्दार र प्रभावकारी भुमिका निर्वाह गर्न आग्रह गरे ।



    मानव अधिकारको पूर्ण पालना र भ्रष्टाचार तथा लैङ्गिक विभेदमा शून्य सहनशीलताका नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए ।

    प्रधानमन्त्री दाहालले सरकारबाट प्रदान गरिएका आदेश तथा निर्देशनहरूलाई पालना गरी अनुशासित, नैतिकवान, व्यवसायिक एवं कर्तव्यनिष्ठ हुँदै सबै निकायहरूसँग सहकार्य र समन्वय गरी कार्यक्षेत्रमा परिचालित हुन निर्देशन दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार