Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • राष्ट्रपतिको निर्वाचन २५ फागुनमा गर्ने तयारी

    राष्ट्रपतिको निर्वाचन २५ फागुनमा गर्ने तयारी

    अनलाइन नेपाल
  • सोमबार, ९ माघ २०७९
  • 855
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले २५ फागुनमा राष्ट्रपतिको निर्वाचन गर्ने तयारी गरेको छ ।

    निर्वाचनबारे आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरबारमा सोमबार छलफल समेत गरेका छन् ।



    राष्ट्रपतिको निर्वाचनमा संघीय सांसद, प्रदेश सांसद, स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षले भोट हाल्न पाउने छन् ।



    वहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीको पदावधि सकिन लागेकोले नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन गर्न लागेको हो ।

    संवैधानिक व्यवस्थाअनुसार माघको अन्तिमसम्म राष्ट्रपतिको निर्वाचन भइसक्नुपर्ने हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार