काठमाडौं । बाँकेकी निर्मला कुर्मीको न्यायको माग गर्दै आन्दोलनमा उत्रिएकी रुवी खानसहित केही अधिकारकमी पक्राउ परेका छन् ।
उनीहरुलाई पक्राउ गरेपछि आन्दोलनकारीहरुले रिहाइको माग गर्दै जिल्ला अदालत काठमाडौं अगाडि धर्ना दिएका छन् ।
यसअघि गृहमन्त्री रवि लामिछानेले आन्दोलनरत अधिकारकर्मीहरुलाई भेटेर न्याय दिने आश्वासन दिएका थिए । तर गृहमन्त्रीले न्याय दिन कुनै चासो नदेखाएको भन्दै अधिकारकर्मीहरुले आज माइतीघरदेखि नयाँ बानेश्वर सम्म विरोध याली निकालेका थिए ।
उनीहरुले छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न तथा कुर्मीको हत्याको घटनामा न्यायिक आयोग गठन गर्न माग गरेका छन् । उनीहरुले कुर्मीको मुद्दालाई अदालतमा पुर्याउन माग समेत गरेका छन् ।
Leave a Reply