Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • पर्यटनमन्त्री किरातीको प्रश्न – दुनियाँभरका कम्पनी नाफामा हुँदा निमग किन घाटामा ?

    पर्यटनमन्त्री किरातीको प्रश्न – दुनियाँभरका कम्पनी नाफामा हुँदा निमग किन घाटामा ?

    'काम गर्न नसके राजीनामा दिनू'

    अनलाइन नेपाल
  • सोमबार, ९ माघ २०७९
  • 639
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले राज्यको गौरबपूर्ण संस्था डुबेको टुलुटुलु हेरेर नबस्ने बताएका छन् ।

    सोमबार निगमले गरेको स्वागत कार्यक्रममा पुगेका मन्त्री किराँतीले निगमलाई बचाउनुपर्ने बताएका हुन् ।



    उनले भने, ‘म सेतो लुगा लगाएको मान्छे हुँ, मलाई कालो हातले छुने प्रयास नगर्नुहोला । म सेतै बनेर फर्किने हो ।’



    मन्त्री किरातीले हरेक दिन नेपाल वायुसेवा निगमका जहाजहरुको रिपोर्ट आफूसमक्ष पठाउन निर्देशन दिएका छन् ।

    उनले भने, ‘जहाजको रिपोर्ट हरेक दिन हेर्छु, बरु म मन्त्रालयबाट १२ बजे फर्किन्छु, तर, रिपोर्ट हेरेर मात्र फर्किन्छु ।’

    मन्त्री किरातीले आफूले आकाश झार्न नभनेको भन्दै दुनियाँभरका कम्पनी नाफामा हुँदा वायुसेवा निमग किन घाटामा चलिरहेको हो भन्ने प्रश्न गरे ।

    उनले भने, ‘एक–एक सेकेन्डलाई किन यति बदनाम गरेको ? ठ्याक्कै तोकिएको समयमा विमान उडोस् । मैले भनेजति गर्न नसक्ने भए राजीनामा दिए हुन्छ ।’

    मन्त्री किरातीले आफ्नोमा धाएर जुत्ता फटाउने प्रयास नगर्न बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार