Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • सुपरमादी हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला

    सुपरमादी हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला

    अनलाइन नेपाल
  • सोमबार, ९ माघ २०७९
  • 597
    SHARES

    फाइल फोटो

    काठमाडौं । सुपरमादी हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाउने भएको छ । स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरूलाई आईपीओ बिक्री गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई सेयर बिक्री गर्न लागेको हो ।

    आयोजनाले आफ्नो जारी पुँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत अर्थात ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता सेयर बिक्री गर्ने छ । यसमध्ये, १० लाख ५० हजार कित्ता आईपीओ स्थानीयलाई बिक्री गरिसकेको छ ।



    यस्तै, २ लाख १० हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा गएकाहरूलाई बिक्री गरिसकेको छ । यसका साथै, कम्पनीले १ लाख ५ हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई र ४२ हजार कित्ता सेयर कर्मचारीलाई बिक्री गरिसकेको छ ।



    वैदेशिक रोजगारीमा गएका, स्थानीय, सामूहिक लगानी कोष र कर्मचारीलाई बिक्री गरेर बाँकी बसेको १७ लाख ४३ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

    नेपाल धितोपत्र बोर्डमा कम्पनीले पेस गरेको विवरण पत्रअनुसार आयोजनाको प्रतिसेयर नेटवर्थ १०६.२६ रुपैयाँ छ । यस्तै, प्रतिसेयर आम्दानी ६.२८ रुपैयाँ छ भने हाल कम्पनीको सञ्चित मुनाफा ३१ करोड १५ लाख १० हजार रुपैयाँ छ ।

    कम्पनीले कास्कीको मादी गाउँपालिकामा ४४ मेगावाट क्षमताको जलविद्युत आयोजना बनाउँदैछ । उक्त आयोजना बनाउन निर्माण अवधिको ब्याजसहित १८ करोड ९७ लाख ७२ हजार लागत लाग्नेछ । र, यसको सञ्चालन अवधि ३० वर्षमध्ये २९ वर्ष ६ महिना बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार