Online Nepal
  • बुधबार, २ माघ २०८१
  • एमाले अध्यक्ष ओली भन्छन् – उपकरणको बढ्दो प्रयोगले स्मरणशक्ति कमजोर हुँदैछ

    एमाले अध्यक्ष ओली भन्छन् – उपकरणको बढ्दो प्रयोगले स्मरणशक्ति कमजोर हुँदैछ

    अनलाइन नेपाल
  • आइतबार, ८ माघ २०७९
  • 564
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपकरणको बढ्दो प्रयोगले मानिसहरुमा स्मरणशक्ति कमजोर हुँदै गएको बताएका छन् ।

    आइतबार काठमाडौंमा आयोजित नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाँचौं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।



    उनले उपकरणमा निर्भर हुँदा सानासाना कुराहरु पनि स्मरण गर्नसक्ने खुबी हराउँदै गएको बताए । उनले प्रविधिको उपलब्धिले मानिसमा परनिर्भरता बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे ।

    ‘हामी बिस्तारै विस्तारै उपकरणमा अलि बढी भर पर्न थाल्यौँ, त्यसले हाम्रो थाहा पाउने अवस्था कमजोर भयो । मलाई ५ सय बढी टेलिफोन नम्बर आउँथ्यो मोबाइल नहुँदा, मोबाइल भएपछि आफ्नै नम्बर कसैले सोध्यो भने थाहा नहुने भइसक्यो । हिसाब गर्न मोबाइलमा क्यालकुलेटर झिक्न थाल्छौं । परनिर्भरता बढ्दैछ, प्रविधिको उपलब्धताले,’ उनले भने ।

    उनले दिमागको वास्तविक श्रोत भनेको मानिसका इन्द्रियहरु नै भएकाले मोर्डन लेटेस्ट साइन्स एण्ड टेक्नोलोजीको प्रयोग गरेर त्यसलाई जीवनपद्धतिका रूपमा विकास गर्न आवश्यक रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार