Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • संघीयतालाई सही तवरले अघि बढाउन विशेष जिम्मेवारी निर्वाह गर्छु : प्रधानमन्त्री

    संघीयतालाई सही तवरले अघि बढाउन विशेष जिम्मेवारी निर्वाह गर्छु : प्रधानमन्त्री

    अनलाइन नेपाल
  • आइतबार, ८ माघ २०७९
  • 447
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संघीयतालाई सही तवरले अघि बढाउन आफूले विशेष जिम्मेवारी निर्वाह गर्ने बताएका छन् ।

    २८५९ औं सोनाम ल्होछारका अवसरमा नेपाल तामाङ घेदुङले आइतबार काठमाडौंको टुँडिखेलमा आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानमा उल्लेख समावेशी र समानुपातिकको प्रावधानका साथै संघीयतालाई सही तवरले अघि बढाउन आफूले विशेष जिम्मेवारी निर्वाह गर्ने बताएका हुन्।



    उनले वर्तमान सरकारमा तामाङ समुदायका प्रतिनिधित्व गर्नेलाई मन्त्री बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।



    प्रचण्डले भने, ‘मैले तामाङको छोरा पनि मन्त्री बनाउँछु, तामाङको छोरी पनि मन्त्री बनाउँछु । तपाईंहरू विश्वस्त भए हुन्छ । एक तामाङको एक छोरा र एक छोरी छिट्टै मन्त्री हुँदै हुनुहुन्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार