काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोनाम ल्होछारको अवसरमार काठमाडौंको टुँडिखेलमा आयोजित विशेष समारोह उद्घाटन गरेका छन् ।
टुँडिखेलमा विभिन्न कार्यक्रम आयोजना गरी २८५९ औं मञ्जुश्री संवत् एवम् ल्होछार मनाइएको हो ।
नेपाल तामाङ ताम्बा घेदुङले माघ ७, ८ र ९ गतेसम्म तीन दिन विभिन्न कार्यक्रम गरी मनाइरहेको छ ।
समारोहका प्रमुख अतिथि रहेका प्रधानमन्त्री प्रचण्ड पनि तामाङ समुदायको जातीय पोशाकमा सजिएका थिए ।
त्यस्तै, काठमाडौं उपत्यकामा बस्ने एवम् देशैभरबाट यहाँ आएकाहरुले धुमधामका साथ नयाँ वर्षलाई स्वागत गरेका छन् ।
Leave a Reply