Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • एमाले सांसद कोइरीलाई पक्राउ गर्न ७७ जिल्लामै प्रहरीको सर्कुलर

    एमाले सांसद कोइरीलाई पक्राउ गर्न ७७ जिल्लामै प्रहरीको सर्कुलर

    अनलाइन नेपाल
  • आइतबार, ८ माघ २०७९
  • 660
    SHARES

    काठमाडौं । प्रहरी प्रधान कार्यालले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न देशभर सर्कुलर जारी गरेको छ । एमाले सांसद कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालले ७७ जिल्लामा सर्कुलर जारी गरेको हो ।

    यसअघि, गृह मन्त्रालयले कोइरीलाई पक्राउ गर्न दिएको निर्देशन कार्यान्वयन नभएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो । मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन बिकको हत्या गरेको अभियोग कोइरीमाथि छ ।



    कोइरीले पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मतसमेत दिएका थिए । नेकपा (एमाले)का तर्फबाट महोत्तरी १ बाट प्रतिनिधिसभा सदस्यमा उनी निर्वाचित भएका थिए ।



    उनलाई महोत्तरी जिल्ला अदालतले पूर्पक्षका लागि एक लाख धरौटीमा रिहा गरेको थियो । तर,पुनरावेदनपछि उच्च अदालत जनकपुरबाट उनलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश भएको थियो ।

    उच्च अदालतको आदेशपछि भने प्रहरीले उनलाई पक्राउ पर्न सकेका छैन । सांसद कोइरी महोत्तरीको गौशाला नगरपालिका–२ का स्थानीय हुन् । कोइरी महोत्तरी क्षेत्र नम्बर–१ बाट निर्वाचित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार