Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • फिरौती नबुझाउँदा जनकपुरका दुई युवकको भारतमा हत्या,पाँच जना पक्राउ

    फिरौती नबुझाउँदा जनकपुरका दुई युवकको भारतमा हत्या,पाँच जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ८ माघ २०७९
  • 603
    SHARES

    फाइल तस्विर

    धनुषा । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ र १३ का दुई युवकको सीमावर्ती भारतीय गाउँमा हत्या भएको छ । भारतको सीतामढी जिल्ला बेला थाना अन्तर्गतको पर्सा गाउँमा दुई जनाको शव खाल्टो खनेर गाडेको अवस्थामा फेला परेको हो ।

    शव जनकपुरका २२ वर्षीय रोहित साह तथा २३ वर्षीय विष्णु साहकै रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पोष्टमार्टमपछि बेलुकासम्म शव परिवारका सदस्यहरुलाई बुझाइने छ ।



    पुस २७ गते दुवै जना रोहितको मामाघर परिहार जानका लागि घरबाट निस्केका थिए । तर मामाघर पुग्नुअघि नै अज्ञात समूहले उनीहरुलाई अपहरण गरेको हुन सक्ने प्रहरीको दाबी छ ।



    दुवै जना भारत छिर्ने बित्तिकै अपहरणमा परेको अनुमान छ । अपहरणकारीहरुले विष्णु साहका बुबा रामबाबु साहलाई फोन गरेर सुरुमा ५० लाख फिरौती मागेका थिए । मोलतोल पछि २० लाख फिरौती लिएर दुवै जनालाई मुक्त गर्ने सहमति भएको थियो ।

    तर उनीहरुले न फिरौतीको रकम लिए न त दुवै जनालाई मुक्त नै गरे । घटना अनुसन्धानको क्रममा नेपाल र भारतका संयुक्त प्रहरी टोलीले सम्भावित स्थानहरुमा छापा मारेका थिए ।

    यसै क्रममा शव गाडिएको स्थान फेला परेको थियो । पीडित परिवारका सदस्यहरुलाई गरेको फोन नम्बरको आधारमा नेपालका दुई तथा भारतका तीन जना नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार