Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सरकारबाट बाहिरिने चेतावनी दिएको जनमतलाई प्रचण्डले बोलाए छलफलमा

    सरकारबाट बाहिरिने चेतावनी दिएको जनमतलाई प्रचण्डले बोलाए छलफलमा

    अनलाइन नेपाल
  • आइतबार, ८ माघ २०७९
  • 546
    SHARES

    काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफलका लागि बोलाएका छन् ।  मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै सरकारबाट बाहिरिने चेतावनी दिएको जनमत पार्टीलाई प्रधानमन्त्री प्रचण्डले छलफलमा बोलाएका हुन् ।

    जनमत पार्टीबाट सरकारमा सहभागी मन्त्री अब्दुल खान प्रधानमन्त्रीसँग छलफलका लागि जाने जनमत स्रोतले जनाएको छ । आइतबारसम्म मन्त्रालय परिवर्तन नगरे सरकार छोड्ने जनमत पार्टीबाट मन्त्री भएका खानले प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराइसकेका छन् ।



    प्रधानमन्त्री प्रचण्ड र मन्त्री खानबीच शनिबार संसद्‌मा पनि छलफल भएको थियो । सुरुमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र मन्त्री खानबीच छलफल भएको थियो । त्यसपछि मन्त्री खानले प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका थिए ।



    जनमत पार्टीका अध्यक्ष सिके राउतले पनि संसद्‌बाटै सरकार र त्यसमा संलग्न अन्य पार्टीहरूको रवैयाप्रति आपत्ति जनाएका थिए । मधेस केन्द्रित दलहरूलाई शक्ति बाँडफाँटमा कम आँकेको भन्दै उनले यसविरुद्ध प्रतिकार हुने चेतावनी दिँदै आएका छन् ।

    प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तारको क्रममा जनमत पार्टीलाई खानेपानी मन्त्रालय दिएका थिए । सुरुमा जनमतले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मागेको थियो ।

    उक्त मन्त्रालय दिने वचनपछि प्रधानमन्त्री दाहालसँगै जनमत पार्टीका सांसद खानले मन्त्रीको शपथ लिएका थिए । शपथपछि झन्डै तीन साता कुनै मन्त्रालय नतोकी राखिएको थियो ।

    दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्दा माघ ३ गते खानलाई खानेपानी मन्त्रालय जिम्मा लगाइएको थियो । मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाएका खानले पदभार ग्रहणसमेत गरको थिएनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार