जुम्ला । जुम्ला चन्दननाथ नगरपालिका ८ रोकायाबाडामा गेडागुडीमा जडीबुटी मिसाएर खाँदा १ जनाको मृत्यु भएको छ ।
तीन जनाको बिरामी भएका छन्। मृत्यु हुनेमा ३५ वर्षीय दीपक रोकाया रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार ३८ वर्षीय तिल रोकाया, २८ वर्षीय टङ्क रोकाया र ३० वर्षीय पारस धराला बिरामी रहेका छन् । बिरामी मध्ये तिल रोकाया घर धनी हुन् ।
अरू सबै उनको घर बनाउन आएका मिस्री हुन । गेडागुडी खाइसकेपछि सबै जना एक्कासि बेहोस भएका थिए ।
उनीहरूलाई तत्काल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको छ । मृतक बाहेक अन्य तीन जना होसमा आइसकेका छन् ।
Leave a Reply