काठमाडौं । गृहमन्त्री रवि लामिछानेले फरार प्रतिवादी संसद्मा आउँदा पनि पक्राउ गर्न नसकेको विषयमा चाँडै नतिजा आउने बताएका छन् ।
प्रतिनिधिसभाको शनिबारको बैठकपछि बाहिरिनेक्रममा उनले यस्तो बताएका हुन् । अब त्यो विषयमा नतिजा आएपछि मात्रै बोल्ने बताए ।
उनले भने, ‘मैले बोल्नेमात्रै होइन, त्यो नतिजामा पनि देखिने हो । यो विषयमा पनि त्यही हो । हामीले निर्देशन गरिसकेका छौं ।
अब नतिजामा देख्नुहुन्छ । हामी रिजल्ट ओरेन्टेड नै छौं । विज्ञप्ति सबैको जानकारीका लागि निकालिएको हो, लोकप्रियताका लागि गरिएको होइन ।’
उनले आफूले नतिजामुखी काममा ध्यान दिइरहेको बताए । ज्यान मुद्दामा प्रतिवादी रहेका लक्ष्मी महत्तो कोइरी नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
उनी यसअघि प्रधानमन्त्रीलाई विश्वासको मत दिनेक्रममा संसद्मा उपस्थित भएका थिए । तर, प्रहरीले पक्राउ नगरेको भन्दै संसद् सचिवालयले उनलाई पदबाट निलम्बन भने गरेको छैन ।
Leave a Reply