एजेन्सी । न्युजिल्याण्डको प्रधानमन्त्रीमा क्रिस हिपकिन्स नियुक्त हुने निश्चित भएको छ ।
वर्तमान प्रधानमन्त्री जसिन्डा आर्डर्नले राजीनामा दिने घोषणा गरेसँगै हिपकिन्स नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको हो ।
न्युजिल्याण्ड लेबर पार्टीका सांसद हिपकिन्सले आगामी महिनादेखि सरकारको नेतृत्व गर्ने बताए । क्रिस हाल प्रहरी, शिक्षा र सार्वजनिक सेवा मन्त्री रहेका छन् ।
प्रधानमन्त्री बन्नुअघि उनको दलको प्रस्तावलाई आइतबार प्रतिनिधिसभाले औपचारिक रुपमा अनुमोदन गर्ने बताइएको छ ।
Leave a Reply